दफा
आयुर्वेद चिकित्सा व्यवसाय
५.१ दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउनेः
५.१.१ यो ऐन प्रारम्भ भएपछि दर्तावाला  चिकित्सकले बाहेक अरु कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आयुर्वेद चिकित्साको व्यवसाय गर्न पाउने छैन ।
५.१.१क माथि ५.१.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्मा दर्ता गर्न न्यूनतमयोग्यता नपुगेका तर आयुर्वेद विज्ञानमा आयुर्वेदशास्त्री वा वैद्यभूषण, आयुर्वेदमा प्रमाणपत्र वा सो सरह, सहायक आयुर्वेद कार्यकर्ता वा सो सरहको शैक्षिक योग्यता हासिल गरी स्वतन्त्र रुपमा चिकित्सा व्यवसाय गर्न चाहने वा नेपाल सरकारको सेवामा रहेको आयुर्वेद समूहका प्राविधिकहरुले परिषद्द्वारा गठित उपसमितिको रजिष्टरमा दर्ता गराई आयुर्वेद चिकित्सा व्यवसाय गर्न सक्नेछन्।
५.१.१ख. आयुर्वेद चिकित्सामा तीन पुस्तादेखि संलग्न रही अनुभव प्राप्त गरेको भन्ने व्यहोराको सम्बन्धित जिल्ला कार्यालयको सिफारिस प्राप्त ५० वर्ष उमेर पुगेको व्यक्तिको हकमा यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्रमा परिषद्ले तोके बमोजिम छुट्टै व्यवस्था अनुसार अनुमति लिई चिकित्सा व्यवसाय गर्न सक्ने छन्।
५.१.२ उपदफा ५.१.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमको आयुर्वेदिक औषधि उत्पादन गर्ने वा विक्री वितरण गर्ने व्यवसाय तोकिए बमोजिम हुनेछ ।
 
५.२ प्रमाण–पत्र र प्रेशक्रिप्सन दिने अधिकार :
५.२.१ दर्तावाला चिकित्सकलाई देहायको कुरा प्रमाणित गर्ने र प्रमाण पत्र दिने अधिकार हुनेछ :–
५.२.१.१ जन्म र मृत्युको प्रमाण–पत्रमा निस्सा लगाउने ।
५.२.१.२ आयुर्वेद चिकित्सासम्बन्धी वा शारीरिक वा मानसिक योग्यतासम्बन्धी प्रमाणपत्रमा सहीछाप गर्ने वा प्रमाणपत्र दिने ।
५.२.२ तोकिएको आयुर्वेदिक औषधिहरुको प्रेसक्रिप्शन दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।